प्रजनन स्वास्थ्य अधिकार: दलहरू समक्ष वकालत पत्र हस्तान्तरण

काठमाडौँ । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्राथमिकताका साथ समेट्न माग गरिएको छ। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ राइट्स (सिआरआर) ले संयुक्त रूपमा प्रमुख राजनीतिक दलहरूलाई वकालत पत्र बुझाउँदै प्रजनन स्वास्थ्य…