म्याग्दी । नवरात्रको अन्तिम दिन आज म्याग्दीका शक्तिपिठहरुमा पूजा आराधना र दर्शनका लागि भक्तजनहरुको घुँइचो लागेको छ । जिल्लाका विभिन्न स्थानहरुमा रहेका कोतघर र भगवती मन्दिरहरुमा दर्शनका साथै पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको भिड लागेको हो । आज महानवमीका दिन शक्तिपिठहरुमा बाजागाजासहित बलि दिने परम्परा छ । कोतघर र भगवती मन्दिरहरुमा विधिपूर्वक पूजा आरधना गरी…