दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँका नाममा रहेको हतियारको इजाजत पत्र र नवीकरणबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका उपसचिव (कानून) ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई…