फैसलालाई सम्मान गरेर अगाडि बढ्छु : सन्दीप लामिछाने

काठमाडौं । उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएको हाे । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताए । पहिलादेखि नै आफूले निर्दोष भएको जिकिर गरेको उनले…