जनकपुरधाम । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त छ । दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीमा तिब्र गतिमा रहेको एन्जल्स सेकेन्डरी स्कुलको बसले हिँडिरहेकी एक जना महिलालाई ठक्कर दिएको हो । दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन्…