माओवादीका पूर्वब्रिगेड कमाण्डर मार्शल पक्राउ

काठमाडौँ । हाल नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय सदस्य रहेका माओवादी पूर्वब्रिगेड कमान्डर जितमान पुन (मार्शल) पक्राउ परेका छन् । रुकुम पूर्वको भुमे गाउँपालिका–१ का पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा चलेको थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले…