काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य गरी…