बाजुरामा भूकम्पको धक्का

काठमाडौं । बाजुरामा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । अपराह्न ४ बजेर ५७ मिनेटमा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो परकम्प नभएर नयाँ भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ ।