अबदेखि बिलबुक नवीकरण नभएका सवारीलाई ट्राफिकले कारबाही नगर्ने

काठमाडौं । ट्राफिक प्रहरीले अबदेखि सवारी किताब (बिलबुक) नवीकरण फेल भएका सवारी धनीलाई कारबाही नगर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले बिलबुक नवीकरणको म्याद नाघेकालाई प्रहरीले कारबाही गर्न नमिल्ने बताए । त्यस्ता सवारी धनीसँग यातायात व्यवस्था कार्यालयले जरिवाना गर्ने व्यवस्था भएकाले चिट काट्ने काम प्रहरीको नभएको उनको भनाइ थियो…