काठमाडौं । महिलाको अश्लील तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा छाड्न सोमबार आदेश दिएको हो । स्वयम्भूको एक रेष्टुरेण्टमा शौचालय गएका बेला मोबाइलबाट महिलाको नग्न तस्बिर खिचेको आरोपमा डिएसपी केसी केही दिनअघि पक्राउ परेका थिए । प्रहरी वृत्त स्वयम्भूकी…