भूकम्प पीडितलाई हेल्प नेपाल नेटवर्कको सय बोरा चामल

काठमाडौं । बेलायतस्थित कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्कले जाजरकोट भूकम्प पीडितका लागि सय बोरा चामल उपलब्ध गराएको छ । नेटवर्कले गत शुक्रबार राति गएको भूकम्पमा परी प्रभावित परिवारको सहयोगका लागि उक्त चामल उपलब्ध गराएको हो । भूकम्प प्रभावित क्षेत्रमा संस्थाका प्रतिनिधि सरोज अधिकारी र भरतप्रसाद कोइरालाले नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर राउतलाई उक्त राहत बुझाएका हुन्…