तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले चलायाे डाेजर

दाङ । दाङको तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथका संरचना भत्काउन शुरु गरिएको छ । तुलसीपुरको (ग) लाइन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना तुलसीपुर उपमहानगरपालिकाले आज बिहीवारदेखि भत्काउन शुरु गरिएको हो । बजार क्षेत्रको नालामाथि घरधनी तथा व्यापारीले आफ्नो सहजताका लागि भर्‍याङलगायतका संरचना बनाएकाले ती संरचना हटाउन थालिएको उपमहानगरकाे भवन शाखाका इन्जिनियर श्रीनारायण चौधरीले…