काठमाडौँ । दोलखाको लामा बगर क्षेत्रबाट प्रहरीले बुधबार राति चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रूपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो । बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक…