काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत् छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी। उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ। उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए।…