काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गरेका छन् । पूजा स्थलमा राष्ट्रपति पौडेल र उनकी पत्नी सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गरे । त्यसअघि राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान…