ईःलाई बालेनको पत्र : तपाईंको माग पूरा गर्ने अधिकार मसँग छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ र सडकमा व्यापार व्यवसाय गर्न दिनु कानुन विपरीत हुने बताएका छन् । ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत फुटपाथ र त्यसमा हुने व्यापारबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । बालेनले कानुनको पालना गर्दा वा गराउँदा अवरोधन नगरिदिन चेतावनीसमेत दिएका छन् ।…