गैरीगाउँ हत्याकाण्ड : सञ्जयविरूद्ध जीवित रहेसम्म काराबासको सजाय माग गर्दै मुद्दा दायर

काठमाडौं । काठमाडौंको गैरीगाउँमा चार जनाको सामूहिक हत्या अभियोगमा पक्राउ परेका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध आजन्म (जीवित रहेसम्म) काराबासको माग गर्दै मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले भन्डारीलाई बाँचुञ्जेल काराबासको मागदाबीसहित अभियोगपत्र दायर गरेको हो । प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको हो…