काठमाडौं । पोखराको फेवाताल किनारामा सरकारी जग्गा अतिक्रमण गरी भिलेज वाटर फ्रन्ट रिसोर्टले निर्माण गरेको संरचना हटाउन पर्ने भएकाे छ । रिसोर्टले अवैध संरचना निर्माण गरेको, संरचनाको अधिकांश भाग फेलातालको हाइ फ्लोड विन्दुबाट ६५ मिटरभित्र परेको, होटल तथा भवन निर्माण अनुमति बमोजिम नदेखिएको हुँदा अनधिकृत रुपमा निर्माण गरिएका सम्पूर्ण संरचना हटाउन सर्वोच्च अदालतले परमादेश जारी…