काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंका गरेका छन् । कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रमा जवाफदेहीता हुनुपर्ने भन्दै बालेनसँग वार्ताको लागि आग्रह गरेका थिए । त्यसकाे जवाफ दिँदै मेयर शाहले आफूले उनीहरुको कुरा सुन्न खोज्दा संवादमा नआएको बताएका छन्…