नक्कली भुटानी शरणार्थी प्रकरण : आज चार जनाको बयान लिइयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार चार जना प्रतिवादीको बयान लिइएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरु गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो…