काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि आज (मंगलबार) पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको हो । लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइपछि सर्दै गएको छ । जिल्ला अदालत काठमाडौँमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन…