काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताएका छन् । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवं विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनमा महिलाको भूमिका प्रमुख रहेको…