बर्दिया । बर्दियाको बढैयातालमा लागूऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक लागूऔषध कारोबारी भएको प्रहरी अनुसन्धानमा देखिएको छ । भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्लाको बलैगाउँ हुदै आउने क्रममा बढैयाताल गाउँपालिका २ फुटाहामा शनिबार बेलुका २ सय ८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित प्रहरीले उनलाई पक्राउ गरेको हो…