अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

काठमाडौं । लुकाएर विदेश लैजान लागेको अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका प्रेम नोर्वु शेर्पा रहेका छन् । विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार शेर्पाले थाइल्याण्ड जाने क्रममा ९ हजार ४ सय १३ अमेरिकी डलर बोकेका थिए ।  उनले झोलाको भित्री भागमा उक्त रकम लुकाएका थिए ।…