बालाजुस्थित होण्डा शोरुमको पार्किङमा एक युवक मृत भेटिए

काठमाडौं । काठमाडौंको बालाजुमा एक युवक मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित होण्डा शोरुमको पार्किङमा अन्दाजी ३६ वर्षीय युवक मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । हालसम्म उनको सनाखत हुनसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।