मनकारी ट्याक्सी चालक: जसले निःशुल्क बिरामी बोक्छन्

बागलुङ । पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे । सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोचेकै थिएन, गलकोटमै ती बिरामीको उपचार होला भनेर । अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर अस्पतालका सेवासुविधा के–के छन् भनेर बुझ्न…