आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । काठमाडौं उपत्यकाका तीनै सहरका टोलटोलमा गाईजात्राको अवसरमा प्रदर्शन गरिने विभिन्न नाँच तथा प्रहसनको तयारी भइरहेकाे छ । विगतमा दिवङ्गत भएकाको आफन्तजनले यिनै जात्रामा सहभागीलाई ३६५ थरीका फलफूल, परिकार, मिठाई, दूधदही दान…