टोपबहादुर खोज्न भारत पुग्यो सीआईबीकाे टोली

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको स्रोतले जानकारी दिएको छ । रायमाझी भारतमा रहेको आशंका गरिएको छ । तर कतिपयले भने उनी काठमाडौंमै रहेको बताउँछन् । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत…