सन्दीपविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदै

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा साेमबारदेखि अन्तिम सुनुवाई हुने भएको छ । ‘फास्ट ट्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा साेमबारलाई अन्तिम सुनुवाईको पेशी तोकिएको हाे । शुक्रबार मात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनु नपर्ने गरी फैसला गरेको थियो…