६ जना क्रिकेटरलाई नेपाल प्रहरीको सम्मान

काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने नेपाल प्रहरीका ६ जनालाई सम्मान गरेको छ । बुधबार नेपाल प्रहरीका खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन् । एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख,…