काठमाडौं । हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । आज दिउँसाेदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो । हुरीका कारण आन्तरिकतर्फ उडान 'डिले' हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउँदै 'होल्ड'…