काठमाडौं । मिटरब्याजीपीडित आज बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् । अहिले उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् । सोहीक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही उनीहरूका मागमा समर्थन जनाउन माइतीघर पुगे । उनले पार्टीका तर्फबाट उनीहरूका मागमा ऐक्यबद्धता जनाए । तर, मिटरब्याजीपीडितले उल्टै उनीविरुद्ध नारा लगाए । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा…