स्याङ्जा । सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ। दिनहुँजसो वनमा आगलागी भइरहेका छन्। जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा भएको छ। वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला-फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरुवा-हरिनासका पाँच,…