काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० मा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको हाे । बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । जसअनुसार…