काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मुलुकको १० वर्षको सशष्त्र संघर्षलाई शान्तिमा रुपान्तरण गर्यौं । त्यसै स्पिरिटका…