काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हाे । मिटरब्याजीपीडितहरु मिटरब्याजीलाई कारबाहीको माग गर्दै काठमाडौंमा आन्दोलनरत छन् । आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन् । मन्त्रिपरिषद् बैठकले…