काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२ औं स्थापना दिवस मनाउँदै छ । ‘मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । आयोगको काठमाडौंको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाइरहेका छन् । अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७…