काठमाडौं । बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति पौडेलले शीतलनिवासमा आमन्त्रण गरेका छन् । क्रिकेट खेलाडीलाई शुक्रबार दिउँसो शीतलनिवास बोलाइएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको हो । यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजेता क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर बधाइ तथा शुभकामना दिएका थिए…