काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल सिनियर भए पनि धेरै दु:ख पाएको नेता भएको बताएका छन् । बिहीबार आठ दलको सांसद प्रशिक्षण कार्यक्रममा देउवाले आफूहरूबीच पटकपटक खटपट भएपनि अहिले राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गरेको बताए । “रामचन्द्र धेरै दु:ख पाएको सिनियर साथी हो । उहाँले जिन्दगीमा धेरै ठूलो दु:ख पाउनुभएको हो ।…