चितवन । चितवनको माणीस्थित वाल्मीकि आश्रममा रामायण ज्ञान महायज्ञ हुने भएको छ । आश्रमको प्रचारप्रसार र धार्मिक जागरणका लागि ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ । धार्मिक पर्यटकीय स्थल वाल्मीकि आश्रमको प्रचारप्रसारको लागि रामायण ज्ञान महायज्ञ सञ्चालन गर्न यसपुर्व नै सर्वपक्षीय भेला सम्पन्न भैसकेको विश्व सनातन धर्म पुनर्स्थापना जिल्ला समिति विनयी त्रिवेणीले जनाएको हो ।…