काठमाडौं । विदेशी नागरिकको रकम ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सो आदेश दिएको हो । शाहसहित २० जनाविरुद्ध ठगी सार्वजनिक लिखत किर्ते र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको…