उदयपुर । कटारी नगरपालिकामा डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियानलाई गाउँ तह सम्म पुर्याएको छ । कटारीमा अहिलेसम्म २९ जनामा डेंगु पुष्टि भएको छ । नगरपालिकाले दुर्गम गाउँहरूमा फगिङ्ग गरी लामखुट्टे नष्ट गरेको छ । १४ वडा रहेको नगरपालिकाको पहाडी भेग तथा पैदल जंगलको बाटो छिचोलेर स्वास्थ्यकर्मी लामखुट्टे नष्ट तथा स्वास्थ्य परीक्षण गर्न पुगेका छन् ।…