धनगढी । कैलालीको एक होटलमा युवक मृत अवस्थामा भेटिएका छन् । बिहीबार बिहान भारतबाट फर्केका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढी बसपार्कस्थित चन्द्रदीप मिलन बोगटान होटलमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रकाश होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । भारतको रत्नागिरिबाट उनी बिहान ९ बजे होटलमा पुगेका थिए ।…