काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न यूसीएलजी इच्छुक

काठमाडौं । स्थानीय सरकार तथा सहरहरुको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिक (यूसीएलजी)का पदाधिकारीले काठमाडौं महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोला…