वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेस वीरेन्द्रनगर कार्यसमितिको नगर सम्मेलनमा सहभागी हुन गृहजिल्ला सुर्खेत आएका नेता खड्काले नगर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । उनले नेपाली कांग्रेसबाटै भावी राष्ट्रपति बन्ने प्रशस्त वातावरण बनिसकेको बताएका छन् । निर्वाचनका बेला भएको…