काठमाडौं । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक बढाउने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक बढाउने सहमति भएको बताए । नयाँ सहमतिअनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम पाँच सय ६५ रुपैयाँ पारिश्रमिक पाउनेछन् भने…