गोंगबुबाट बरामद रकम ४ करोड २५ लाख र सुन ९ किलो रहेको पुष्टि

काठमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ । मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) शेखर खनालका अनुसार ठुलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको…