काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित निर्माणधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनयप्रसाद यादव र सब इन्जिनियर उमेशकुमार दासविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । उनीहरूविरूद्ध परेको उजुरी अनुसन्धान गर्दा रामजानकी मन्दिर निर्माणमा फिल्डमा कम काम भएकोमा बढी काम…