दिक्तेल । हलेसी, खोटाङ्गबाट लिम्चुङबुङ, उदयपुर पुग्ने वैकल्पिक मार्ग हुँदै साथी प्रशान्त र म बाइकमा यात्रा गर्दै थियौं । बीच बाटोमा एउटा बाइक रोकिएको थियो, बाइकसँगै एकजना महिला भुँइमा लडिरहेकी र उनलाई एकजना पुरुषले उठाउन सहयोग गर्दै थिए । हामीले बाइक रोकेर सहयोगका लागि अगाडी बढ्यौं । निक्कै नै चिन्तित र साहाराविहिन देखिएका ती पुरुषले…