अनिल परियारको हत्याको कारण व्यक्तिगत रिसिभी

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् । घटना व्यक्तिगत ‘रिसिभ’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी)ले गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत रिसिभीले घटना भएको देखिन्छ…