नगद र मोबाइलसहित कैलालीमा ८ जुवाडे पक्राउ

धनगढी। कैलालीको गौरीगंगा नगरपालिका–८ मसुरिया बजारस्थित चाइनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। बुधबार राति साढे ११ बजे छापामार टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा कर्नर सञ्चालक टेक मन्नीसहित अन्य व्यक्ति छन्। उनीहरूको साथबाट दुई लाख १३ हजार २७० रुपैयाँ, साढे चार हजार भारतीय रुपैयाँ, चार गड्डी तास…